कीवर्डहरू -

असफलतासँग जुध्दै सफल उद्यमी बनेका ‘ज्याक मा’

असफलतासँग जुध्दै सफल उद्यमी बनेका ‘ज्याक मा’

अनेक असफलताबाट सफलताको शिखरमा चेढेका चिनियाँ उद्यमी तथा अर्बपति हुन्, ज्याक मा । सन् १९६४ मा चीनमा जन्मिएका ज्याक माले प्रारम्भिक जीवनमा धेरै कठिनाइहरू सामना गर्नुपरेको थियो । 
तर अनेक कठिनाइको सामना गर्दै दृढ संकल्प र परिश्रमका साथ उद्यमशीलताको यात्रा तय गरेका उनी आज धेरै उद्यमीहरूका लागि प्रेरणाको स्रोत बन्न पुगेका छन् ।

गरिब परिवारमा हुर्किएका ज्याक माका बाबुआमा परम्परागत सङ्गीत कथावाचकको रूपमा जीविका चलाइरहेका थिए । तर ज्याकलाई सानैदेखि अंग्रेजी सिक्न रुची थियो । त्यसैकारण प्रायः आफ्नो साइकल चढेर स्थानीय होटलमा पुग्थे र पर्यटकहरूलाई सहर घुमाएर आफ्नो अंग्रेजी राम्रो बनाउने अभ्यास गर्न थाल्थे । 

ज्याक माको जीवनमा शिक्षाको ठूलो महत्त्व थियो । तर शैक्षिक यात्रा समस्यामुक्त भने थिएन । दुई पटक विश्वविद्यालय प्रवेश परीक्षामा असफल भएपछि हाङ्जाउ नर्मल विश्वविद्यालयमा भर्ना भए । त्यहाँबाट सन् १९८८ मा अंग्रेजीमा स्नातक गरेका थिए । 

null

आफ्नो अध्ययन पूरा गरेपछि ज्याक माले जागिरका लागि धेरै ठाउँमा आवेदन दिए, तर बारम्बार असफलताको सामना गर्नु पर्‍यो । जब केएफसी चीनमा आयो ज्याकमाले पनि रोजगारीका लागि आवेदन दिए तर  २४ जनाले आवेदन दिएकोमा २३ जनाले रोजगारी पाए ज्याकमा मात्रै असफल भए । 

अंग्रेजीमा स्नातक डिग्री प्राप्त गरेपछि उनले सन् १९८८ देखि १९९३ सम्म उनले हाङझाउ इलेक्ट्रोनिक्स एन्ड इन्जिनियरिङ इन्स्टिच्युट ९अब हाङझाउ डियान्जी विश्वविद्यालय० मा अंग्रेजी पढाएका थिए । त्यसपछि उनको यात्रा उद्यमशीलतातर्फ मोडियो । सन् १९९४ मा अंग्रेजी अनुवाद गर्ने कम्पनी हाइबो ट्रान्सलेसन एजेन्सी स्थापना गरे । 

आफु हास्यापद कुराहरूमा असफल भएको ज्याकमा बताउँछन् । ‘म हास्यास्पद कुराहरूमा असफल भए । जस्तै प्राथमिक विद्यालयको मुख्य परीक्षामा २ पटक फेल भए । म माध्यमिक तहको परीक्षामा ३ पटक असफल भए त्यसपछि ३ वर्षसम्म विश्वविद्यालयका लागि प्रयास गरे र असफल भए,’ उनी भन्छन्, ‘मैले जागिरका लागि कयौँ पटक आवेदन दिए र ३० पटक अस्वीकृत भएको थियो ।’

अलिबाबाको सुरूवात

सन् १९९५ मा हाङझाउ सिटी सरकारको ज्याक माले संयुक्त राज्य अमेरिकामा पहिलो पटक यात्रा गर्ने अवसर पाए । त्यसक्रममा इन्टरनेट प्रयोग गर्ने मौका पाए । इन्टरनेटमा चिनियाँ कुनै पनि जानकारी भेटेनन् । त्यसलाई ज्याकमा उद्यमी माइन्डसेटले उद्यमको अवसर देख्न थालिसकेको थियो । अनि ज्याक मा चीन फर्किए र  चाइना पेजेसको स्थापना गरे । तर यो धेरै समय टिक्न सकेन र अन्ततः बन्द भयो । यो चीनको पहिलो इन्टरनेट कम्पनीहरूमध्ये एक थियो । 

सन् १९९८ देखि १९९९ सम्म ज्याक माले बेइजिङमा सरकारी एउटा इन्टरनेट कम्पनीको प्रमुखको रूपमा काम गरिरहेका थिए । त्यतिबेला उनले सरकारी काममा अल्झिरहे, इन्टरनेट क्रान्तिद्वारा आएका आर्थिक अवसरहरू गुमाउने महशुस गरे । 

null

सोही कुरालाई ध्यानमा राख्दै ज्याक माले मन्त्रालयमा रहेको आफ्नो टोलीलाई आफुसँग हाङझाउ फर्कन र अलिबाबा स्थापना गर्न राजी गराए ।

अलिबाबा सुरूमा चिनियाँ निर्माताहरूलाई विश्वव्यापी खरिदकर्तासँग जोड्ने बीटुबी ९व्यापार–देखि–व्यापार० बजारको रूपमा सुरू भएको थियो । समयसँगै अलिबाबाले आफ्नो सञ्चालनलाई विभिन्न क्षेत्रमा विस्तार गरेको थियो, जसमा ई–कमर्स, क्लाउड कम्प्युटिङ, डिजिटल भुक्तानी, ढुवानी, र मनोरञ्जन समावेश थिए । यसले नै गर्दा अलिबाबा विश्वको सबैभन्दा ठूलो र मूल्यवान कम्पनीहरूमध्ये एक बन्न सफल भएको थियो ।

साना व्यवसायहरूले अलिबाबामा विश्वासयोग्य विक्रेताको रूपमा प्रमाणित हुन सदस्यता शुल्क तिर्ने व्यवस्था रहेको थियो । चीनबाहिरका ग्राहकहरूलाई बेच्न चाहने व्यवसायहरूबाट बढी शुल्क लिइन्थ्यो । 

अनलाइन बिक्रीमा विश्वास उत्पन्न गर्नको लागि सन् २००३ मा अलिपेको स्थापना भयो, जसले कारोबारको क्रममा तेस्रो पक्षको रूपमा काम गर्थ्यो । 

अलिबाबाले विश्वभर आफ्नो नाम कमाउँदै थियो । त्यतिबेला अलिबाबालाई खरिद गर्न अमेरिकी कम्पनी ईबेले प्रस्ताव समेत गरेको थियो । तर अलिबाबाले त्यो प्रस्ताव स्वीकार गरेन । 

तर सन् २००५ मा अमेरिकी इन्टरनेट पोर्टल याहुले अलिबाबाको ४० प्रतिशत हिस्सेदारी खरिद गरेको थियो । त्यसपछि सन् २००७ मा अलिबाबा डटकमले आफ्नो प्रारम्भिक सार्वजनिक प्रस्ताव ९आईपिओ० मार्फत हङकङमा १.७ अर्ब डलर रकम उठाएको थियो ।

यता सन् २००३ मा ज्याकमाले नयाँ उपभोक्तादेखि उपभोक्तासम्म काम गर्ने अनलाइन बजार ताओबाओ स्थापना गरेका थिए । त्यति बेला, ईबेले चिनियाँ कम्पनी ईचनेटसँगको सहकार्यमा ८० प्रतिशत बजार हिस्सा राखेको थियो । तर ईबे इच नेटको प्रयोगकर्ताहरूबाट कारोबार शुल्क लिने नीति कमजोर रहेको ज्याकमाले पाएका थिए । 

ताओबाओले त्यस्तो शुल्क लिएको थिएन । अनलाइन विज्ञापनबाट पैसा कमाउने नीति थियो । ज्याक माको पूर्वानुमान सही प्रमाणित भयो । यही कारणले सन् २००७ सम्म ताओबाआले ६७ प्रतिशत बजार हिस्सा ओगटी सकेको थियो । 

तर सन् २०११ मा ज्याक माले घोषणा ताओबाओलाई तीनवटा कम्पनी ताओबाओ मार्केटप्लेस, ताओबाओ मल र ई टाओमा विभाजन गर्ने घोषणा गरे । जस अनुसार ताओबाओ मार्केटप्लेसमा व्यक्तिहरू सामानहरू किन्न र बेच्न सक्थे, ताओबाओ मल, एउटा अनलाइन किनमेल पोर्टल र ई टाओ एक किनमेल सम्बन्धित सर्च इन्जिन रहेको थियो ।

सेप्टेम्बर २०१४ मा अलिबाबा समूहले न्यूयोर्क स्टक एक्सचेन्जमा आईपिओ सार्वजनिक गर्‍यो, जसबाट २१.८ अर्ब डलर उठाएको थियो । जुन आईपीओ संयुक्त राज्य अमेरिकामा अहिलेसम्मको सबैभन्दा ठूलो थियो । त्यो बेला कम्पनीको बजार मूल्य १६८ अर्ब डलर पुगेको थियो । त्यतिबेलासम्म इन्टरनेट कम्पनीका लागि आईपीओको मूल्य इतिहासमै सबैभन्दा उच्च थियो । 

सन् २०१८ मा ज्याकमाले अलिबाबाको अध्यक्षबाट बाहिरिए पनि बोर्डमा भने छन् । अहिले ज्याक माको कुल सम्पत्ति लगभग २५.६ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ ।