कीवर्डहरू -

कस्तो छ नेपालको पहिलो अफ-रोडर एसयुभी जेइको जेसिक्स ?

कस्तो छ नेपालको पहिलो अफ-रोडर एसयुभी जेइको जेसिक्स ?

एसपीजी अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ-रोडर एसयुभि नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो । ईभी तथा गाडी पारखीमाझ यस एसयुभीले छोटो समयभित्रै उत्कृष्ट लोकप्रियता हासिल गरेको छ । 

हालसालै धुलिखेलस्थित डर्ट-टेम्पल अफ-रोड ट्र्याकमा सम्पन्न भएको ड्राइभिङ च्यालेन्जमा पनि जेइको जेसिक्सले आफुलाई एक उत्कृष्ट अफ-रोडर इलेक्ट्रिक एसयुभिको रूपमा स्थापित र प्रमाणित गरेको छ । 

यसको २०० मिलिमिटरको पर्याप्त ग्राउन्ड क्लियरेन्सले अफ-रोडमा उत्कृष्ट प्रदर्शन गर्छ र चालकलाई बलियो आत्मविश्वास र सुरक्षाको अनुभुती दिलाउँछ । जेइको जेसिक्सले उत्कृष्ट रगेड डिजाइन तथा व्यवहार-उपयोगी विशेषताहरू प्रदान गर्दछ । जेसिक्सको टेलगेटमा स्टोरेज ब्याग रहेको छ, जुन अन्य एसयुभिहरूमा प्राय पाइँदैन । 

जेसिक्सको शक्तिशाली इलेक्ट्रिक इन्जिनले मात्र ६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको एक्सेलेरेसन दिन्छ । जे सिक्समा रहेको २७१६ मिलिमिटरको ह्विलबेसले कठिन भूभागहरूमा, टाइट टर्निङका लागि उपयुक्त हुने टर्निङ रेडियस प्रदान गर्दछ । 

एक्स्ट्रिम यु-टर्न गर्ने बेलामा गाडीको ‘अल-टरेन् मोड’ एक्टिभेट हुन्छ, जसद्वारा टर्निङ रेडियस ५.७ मिटरबाट ४.५ मिटरमा घट्छ । स्लोप, लो-ट्र्याकसन तथा डाउनहिलमा ड्राइभ गर्दा गाडीले टार्गेट अनुसार अटोमेटिक गति एडजस्ट गरी अधिकतम कन्ट्रोल कायम गर्दछ । साथै स्लो क्रलिङको लागि थ्रोटल र ब्रेकलाई कन्ट्रोल गरी टार्गेट स्पिङ कायम गर्दछ र अफ-रोडमा भरपर्दो अनुभव प्रदान गर्दछ । 

साथै जेसिक्सको ‘वाटर वेडिङ’ क्षमता पनि उत्कृष्ट रहेको छ । यसको वायर हार्नेस कनेक्टर ‘आइपी सिक्सटी सेभेन’ रेटिङमा प्रमाणित रहेको छ भने ब्याट्री ‘आइपिएक्स एट’ र ‘आइपिएक्स नाइन’ को रेटिङ प्रमाणित रहेको छ । जसले गर्दा ६०० मिलिमिटरको अधिकतम वाटर-वेडिङ डेप्थ प्रदान गर्छ ।

यही वेडिङ क्षमताले पानी, हिउँ, हिलो, ग्राभल वा जुनसुकै परिस्थितिमा पनि सहज ड्राइभिङ अनुभव कायम गर्दछ । यस गाडीको अरू विशेषतामा ‘मोटर-ड्रिभन’ चार्जिङ पोर्ट र सुन्दर डिजाइनको ‘थ्रि-स्पोक’ स्टेयरिङ ह्विल पर्दछ ।

यसको सेन्टर कन्सोलमा कप होल्डरहरू एडजस्ट गर्न सकिने र फ्लेक्सिबल छन् । साथै, एउटा उत्कृष्ट विशेषतामा वायरलेस फोन चार्जिङ एरिया पर्दछ जसमा मोबाइल डिभाइसलाई तापक्रम ‘कुल’ राख्नका लागि भेन्टिलेसन सिस्टम पनि समावेश गरिएको छ ।  यसको मूल्य ७० लाख रूपैयाँ रहेको छ ।