कीवर्डहरू -

रिमोट एक्सेस एप्लिकेसन ‘मल्टिपल डेस्क’ सार्वजनिक गर्ने तयारीमा जुनेली इंक, के के छन् सुविधा ?

रिमोट एक्सेस एप्लिकेसन ‘मल्टिपल डेस्क’ सार्वजनिक गर्ने तयारीमा जुनेली इंक, के के छन् सुविधा ?

नेपालको प्रविधि कम्पनी जुनेली इंकले आफ्नो उत्पादन ‘मल्टिपल डेस्क’ बजारमा औपचारिक रूपमा ल्याउने तयारी गरेको छ ।

नेपालमै विकास गरिएको यस अत्याधुनिक रिमोट एक्सेस प्रणालीले बैंक, वित्तीय संस्था, सरकारी कार्यालय र निजी व्यवसायहरूलाई सुरक्षित, भरपर्दो र सहज सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

मल्टिपल डेस्क पूर्ण रूपमा सुरक्षित र प्रयोगमैत्री समाधान भएको कम्पनीको दावी छ । यसमा AES-256 इन्क्रिप्सन, दुई तह प्रमाणीकरण (2FA), सेसन रेकर्डिङ, र रोलमा आधारित पहुँच नियन्त्रणजस्ता विशेषताहरू छन् ।

यो प्रणाली FFIEC, GDPR र ISO जस्ता अन्तर्राष्ट्रिय सुरक्षामानकअनुसार डिजाइन गरिएको छ। नेपालको आवश्यकतालाई ध्यानमा राख्दै मल्टिपल डेस्क डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ । 

मल्टिपल डेस्क बैंक तथा वित्तीय संस्थाको एटीएम ट्रबलशुटिङ शाखा सपोर्ट, कोर बैंकिङ पहुँच र आईटी हेल्पडेस्क सपोर्टमा उपयोगी हुने विश्वास गरिएको छ । 

प्रारम्भिक चरणमा केही अग्रणी बैंक तथा वित्तीय संस्थासँग मिलेर पायलट प्रोजेक्ट सञ्चालन गरिने र त्यसपछि अस्पताल, सरकारी कार्यालय तथा अन्य सेवा प्रदायकहरूसम्म विस्तार गरिने योजना छ ।

तपाईहरूले यहाँ क्लिक गरेर मल्टिपल डेस्क डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुनेछ ।