कीवर्डहरू -

जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्तीबाट टिकट काट्न सकिने

जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्तीबाट टिकट काट्न सकिने

खल्तीले ‘जुबिन नौटियाल लाइभ ईन नेपाल’ च्यारिटी कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकटिङ खुल्ला गरेको छ ।

एन् अटिजम केयर फाउन्डेसन सँग सहकार्य गर्दै अटिजम भएका व्यक्तिहरूका लागि आयोजित यस फन्ड रेजिङ च्यारिटी कन्सर्टमा युवाहरू माझ लोकप्रिय बनेको आवाज जुबिन नौटियालको लाइभ म्युजिकल प्रस्तुति रहने कार्यक्रमको खल्ती टिकटिङको एक मात्र साझेदार बनेको हो । 

डिसेम्बर १४ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा हुन गई रहेको यस च्यारिटी कन्सर्टको टिकट खल्ती प्रयोगकर्ताहरूले निर्धक्क भई  सुविधा जनक तवरबाट खल्ती एप तथा events.khalti.com  मार्फत खरिद गर्न सक्नेछन् ।

यस च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिहरूका लागि विश्व स्तरीय शिक्षा समर्थन प्रदान गर्दै पूर्ण क्षमता सम्म पुग्न सशक्त बनाउने साथै उहाँहरूको लागि एक समावेशी समाज सिर्जना गर्ने एन् अटिजम केयर फाउन्डेसनको सामाजिक उद्देश्यका लागि प्रयोग गरिने जनाइएको छ।

यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले युवा पुस्तामा निकै नै लोकप्रिय जुबिन नौटियालको प्रस्तुति र अटिजम सम्बन्धी जनचेतना तथा सहयोगको लागि सुरु गरिएको यस अभियानले खल्तीको सामाजिक उत्थानका लागि डिजिटल सेवा प्रदान गर्ने उद्देश्यलाई थप उत्साह दिने बताए ।