काईयी नेपालले आयोजना गरिरहेको काईयी एक्सचेन्ज कार्निभल २०८२ को समयावधि थप गरिएको छ ।
कम्पनीका अनुसार ग्राहकवर्गमा देखिएको उत्साहलाई मध्यनजर गर्दै कार्निभलको समय वैशाख २९ गतेसम्मका लागि थप गरिएको हो ।
मेला थापाथलीमा काईयीको सोरुम नजिकै बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुनेछ । कार्निभलमा कुनै पनि पुरानो गाडी साटेर नयाँ काईयी ईभी गाडी खरिद गर्न सकिनेछ ।
यसका लागि कार्निभलमा नै मूल्यांकनको सुविधा दिइएको छ । यसमा विभिन्न उपहारहरू, नगद छुट, बोनस, इन्सुरेन्स, करलगायत सेवाहरू पनि दिइएको छ ।