कीवर्डहरू -

भोलि र पर्सी केईका ईभी गाडी टेस्ट ड्राइभ गर्न सकिने, सहभागीहरूलाई हात खाली नहुने उपहार

भोलि र पर्सी केईका ईभी गाडी टेस्ट ड्राइभ गर्न सकिने, सहभागीहरूलाई हात खाली नहुने उपहार

नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले भदौ २९ र ३० गते ‘एक्सपेरियन्स केई’ टेष्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने भएको छ । 

भाद्र २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट-भटेनी नक्शालमा गएर केईको इलेक्ट्रीक एसयूभ X3 Pro EV, इलेक्ट्रीक ह्याचब्याक E-Qute 04 र E-Qute 02 टेष्ट ड्राइभ गर्न सकिने छ । 

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ र सहभागीहरु मध्य एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड Bosch को मिक्चर ग्रिन्डर प्राप्त गर्नेछन ।

इच्छुकले केईको शोरुममा गई यस योजनामा सहभागी भइ टेस्ट-ड्राइभ गर्न सक्ने छन् । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो, जुन नाडा अटो शो मा पहिलोपटक सार्वजनिक गरिएको थियो ।

तत्पश्चात कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ | हालै मात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस, काठमाडौं स्थित तीनकुनेमा सञ्चालनमा ल्याएको छ ।