कान्तिपुर सिटी कलेज (केसीसी) ले ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (B.Tech in AI) कार्यक्रममा भर्ना खुलाएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कान्तिपुर सिटी कलेजले यस वर्षदेखि ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रममा भर्ना खुलाएको हो ।
यो कार्यक्रमले नेपालमै दक्ष एआई जनशक्ति तयार पार्न सहयोग गर्ने विश्वास गरिएको छ । बढ्दो एआई प्रविधिको माग र त्यसअनुसार दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्न यो कार्यक्रम सुरु गरिएको कलेजले जानकारी दिएको छ ।
‘देश तथा विदेशमा एआई पेशेवरहरूको आवश्यकता तीव्र रूपमा बढिरहेको सन्दर्भमा नेपालमा एआई शिक्षा सुरु गर्नु आवश्यक थियो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
२५ वर्षदेखि केसीसीले सूचना प्रविधि, इन्जिनियरिङ् र म्यानेजमेन्टका क्षेत्रमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्दै आएको छ ।
नयाँ सुरु गरिएको बिटेक इन एआई कार्यक्रमले नवप्रवर्तन, औद्योगिक तयारी र गुणस्तरीय शिक्षाको परम्परा निरन्तरता दिने बताइएको छ ।
चार वर्षे (८ सेमेस्टर) अंग्रेजी माध्यममा सञ्चालन हुने यो स्नातक तहको कार्यक्रमले कम्प्युटर विज्ञान, मेसिन लर्निङ, डाटा साइन्स, रोबोटिक्स र न्युरल नेटवर्क जस्ता विषयमा आधारित सशक्त शिक्षण प्रदान गर्नेछ ।
विद्यार्थीहरूलाई बोली पहिचान (speech recognition), भाषा प्रशोधन (language processing), निर्णय क्षमता विकास (decision-making systems) जस्ता बौद्धिक प्रणाली डिजाइन गर्न सक्ने बनाउने उद्देश्यका साथ कार्यक्रम तयार गरिएको छ ।
भर्ना तथा कार्यक्रम बारे थप जानकारी लिन कलेजमा सम्पर्क गर्न सकिने छ ।