काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले राहदानी वितरणलाई सहज बनाउन अब हुलाकमार्फत घरमै पुर्याउने सेवा सुरु गरेको छ । मंगलबार जारी विज्ञप्ति अनुसार सेवाग्राहीले आवेदन दिँदाकै बेला हुलाकबाट राहदानी प्राप्त गर्ने विकल्प छनोट गर्न सक्नेछन् ।
नेपाल हुलाक सेवा विभागसँगको समन्वयमा सुरु गरिएको यस सेवा अन्तर्गत तोकिएको शुल्क तिरेपछि राहदानी तयार हुना साथ सम्बन्धित व्यक्तिको ठेगानामा पठाइने व्यवस्था गरिएको छ ।
कार्यालयका अनुसार बढ्दो सेवाग्राही चापलाई व्यवस्थापन गर्दै प्रक्रिया सरल र प्रविधिमैत्री बनाउन यो कदम चालिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले यसले ‘डिजिटल नेपाल’ अवधारणालाई सघाउने र सरकारी सेवा घरदैलोमै पुर्याउने लक्ष्यमा टेवा पुग्ने बताए ।
आईसीटी समाचार