कीवर्डहरू -

कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिदै काठमाडौं महानगर, यसरी दिनुहोस् अनलाइन आवेदन

कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिदै काठमाडौं महानगर, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । त्यसका लागि महानगरले अनलाइन आवेदन माग गरेको हो । 

काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने छ । 

महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । अनलाइन आवेदन असार १५ गतेदेखि सुरू हुनेछ भने असार २९ गतेसम्म दिन सकिने छ ।

विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुनमा छात्रवृत्ति परीक्षा सञ्चालन हुनेछन् । छात्रवृत्तिको परीक्षा साउन ४ गते सञ्चालन हुनेछ । 

परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र, माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत हुनेछन् । कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्र र सामान्य ज्ञानबाट १० प्रश्र सोधिनेछ ।

छात्रवृत्ति परीक्षा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्नेछ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ गरिने छैन ।

null

विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी अन्य विवरण पछि प्रकाशन गरिने महानगरले जनाएको छ । साथै छात्रवृत्तिको नतिजा प्रकाशन भएपश्चात् मात्र विद्यार्थी भर्ना हुन विद्यार्थीहरूमा अनुरोध गरेको छ ।

नतिजा प्रकाशन हुनु अगाडि नै भर्ना भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्राप्तिका लागि सहजीकरण गर्न नसकिने समेत महानगरले जानकारी दिएको छ । 

आवेदन दिन आवश्यक न्यूनतम योग्यता

  • एसईई मा न्यूनतम १.६ जीपीए ल्याई पूरा गरेको
  • सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको
  • काठमाडौं महानगरपालिकाको स्थायी बासिन्दाको हकमा जन्मदर्ता वा नागरिकता वा बसाईसराईको प्रमाणपत्र
  • ल्याण्डफिल्ड साइडबाट प्रत्यक्ष प्रभावित क्षेत्र नुवाकोट जिल्ला ककनी गाउँपालिकाको वडा नं १,२,३ र धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर १,३,४ का स्थायी बासिन्दा (नागरिकता वा जन्मदर्ता) र सम्बन्धित वडाको सिफारिसपत्र
  • संस्थागत विद्यालयमा कक्षा १० सम्म छात्रवृत्तिमा अध्ययन गरेको

अनलाइन फाराम भर्न चाहिने आवश्यक कागजात 

  • एसईई प्रवेश पत्र
  • पासपोर्ट साईजको फोटो
  • नागरिकताको प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र
  • SEE को चारित्रिक प्रमाण पत्र वा ट्रान्सफर प्रमाणपत्र वा विद्यालयको सिफारिसपत्र
  • सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि अनुसूची १ बमोजिमको सिफारिसपत्र
  • संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीका लागि अनुसूची २ बमोजिमको सिफारिसपत्र
  • तोकिएको आरक्षित समूहमा फाराम भर्नेको हकमा बुँदा नं. ७ (१) मा उल्लेख भएबमोजिमका प्रमाण पत्र
  • काठमाडौं महानगरपालिकाको स्थायी बासिन्दा र ल्यान्डफिल्ड साइडका बासिन्दाको हकमा बुँदा नं ७ (२) मा उल्लेख भएबमोजिमका प्रमाण पत्र