कीवर्डहरू -

काठमाण्डौ महानगरपालिकाले सीपमूलक तथा व्यवसायिक तालिम दिदै, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाण्डौ महानगरपालिकाले सीपमूलक तथा व्यवसायिक तालिम दिदै, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाण्डौ महानगरपालिकाले विभिन्न सीपमूलक तथा व्यवसायिक तालिममा सहभागी हुन चाहने महानगरवासीलाई आवेदन खुला गरेको छ।

महानगरपालिकाको चालु आ.व. २०८१/८२ को स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेट अन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गर्ने ‘कार्यकारी योजना रोजगारी र आयवृद्धि, काठमाण्डौंलाई समृद्धि’ अन्तर्गतका तालिममा सहभागी हुन अनलाइन फाराम भर्न सकिने व्यवस्था गरिएको छ।

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार १८ वर्ष उमेर पूरा भई ५८ वर्ष ननाघेका नेपाली नागरिकहरुले मात्र आवेदन दिन पाउनेछन्। साथै, काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र बसाइँसराइ गरी आएको भए सोको प्रमाणपत्र पनि पेश गर्नुपर्ने छ।

अनलाइन आवेदन फाराम भर्नका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ । यसअघि यसै कार्यक्रमअन्तर्गत तालिम प्राप्त गरिसकेकाले पुनः तालिमका लागि आवेदन दिन मिल्ने छैन् । 

अधिक जानकारीका लागि सामाजिक विकास विभाग, काठमाण्डौ महानगरपालिकासँग ९८०१०९२४८२ वा ९८४९४८५४८२ नम्बरमा सम्पर्क गर्न सकिने छ । 

null