कीवर्डहरू -

छात्रवृत्तिमा प्लस टु अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाले खुलायो अनलाइन आवेदन

छात्रवृत्तिमा प्लस टु अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाले खुलायो अनलाइन आवेदन

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम खुलाएको छ । 

महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८२/०८३ मा कक्षा ११,१२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थी छनोट गर्न सञ्चालन हुनेछ । 

परीक्षाका लागि मिति २०८१ साल चैत्रमा सञ्चालित एसईई परीक्षामा सहभागी भई ग्रेडेड भएका विद्यार्थीहरूले २०८२ असार १८ गतेदेखि मिति २०८२ असार २७ गते राति ११:५९ बजेसम्म आवेदन दिन सक्ने छन् । 

महानगरपालिकाको वेबसाइट kathmandu.gov.np वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस (अनलाइन एप्लिकेसन फर्म सब्मिसन) गर्न सकिने छ ।