कीवर्डहरू -

काठमाडौं महानगरले माग्यो डेभलपरदेखि सिस्टम एनालिष्ट सिस्टम, कसरी दिने आवेदन ?

काठमाडौं महानगरले माग्यो डेभलपरदेखि सिस्टम एनालिष्ट सिस्टम, कसरी दिने आवेदन ?

काठमाडौँ महानगरपालिकाले सफ्टवेयर डेभलपमेन्ट तथा सञ्चालन केन्द्र (SDOC) का लागि सेवा करारमार्फत प्राविधिक जनशक्ति भर्ना गर्ने भएको छ। 

महानगरले हालै सार्वजनिक गरेको विज्ञापनअनुसार प्रोजेक्ट म्यानेजर, सिस्टम एनालिष्ट, फ्रन्ट एण्ड डेभलपर, ब्याक एन्ड डेभलपर र डेटाबेस इन्जिनियर लगायतका पदका लागि आवेदन खुला गरिएको छ।

विज्ञापनमा उल्लेख भएअनुसार इच्छुक उम्मेदवारले २०८२ असोज २९ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने उमेर न्यूनतम २१ वर्ष र अधिकतम ३५ वर्ष तोकिएको छ भने महिला उम्मेदवारका लागि उमेर सीमा ४० वर्षसम्म रहने व्यवस्था गरिएको छ। लिखित, प्रायोगिक र अन्तर्वार्तामार्फत छनोट प्रक्रिया सम्पन्न गरिने महानगरले जनाएको छ।

आवेदन www.onlineapplication.kathmandu.gov.np मा गएर दिन सकिने छ । आवेदन दस्तुर एक हजार रुपैयाँ तोकिएको छ, जुन एनआईसी एशिया बैंकमा काठमाडौँ महानगरपालिकाको खातामा वा क्युआर मार्फत भुक्तानी गर्न सकिनेछ।

नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र, फोटो र हस्ताक्षरलगायतका आवश्यक कागजात अपलोड गर्नुपर्नेछ। एक पटक अपलोड गरिएका कागजात पुनः संशोधन गर्न नपाइने व्यवस्था गरिएको छ।

थप जानकारी र विज्ञापनसम्बन्धी विवरणका लागि इच्छुक उम्मेदवारले काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइट वा सूचना प्रवर्द्धन विभागसँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

null