कीवर्डहरू -

काठमाडौं विश्वविद्यालयको बीटेक एडटेक शैक्षिक कार्यक्रम रुपन्देहीमा पनि विस्तार

काठमाडौं विश्वविद्यालयको बीटेक एडटेक शैक्षिक कार्यक्रम रुपन्देहीमा पनि विस्तार

काठमाडौं विश्वविद्यालयको विस्तारित कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको मणिग्राममा रेडियन्ट कलेज स्थापना भएको छ ।

काठमाडौं विश्वविद्यालय अन्तर्गत रुपन्देहीको मणिग्राममा अवस्थित रेडियन्ट कलेजमा सूचना प्रविधिको शैक्षिक कार्यक्रम बीटेक एडटेकको हालै एक समारोह बिच अभिमुखी कार्यक्रम सम्पन्न भएको हो । 

विश्वविद्यालयका विभागिय प्रमुख विनोद पन्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा क्याम्पसमा हालै भर्ना भएका विद्यार्थीहरु सहभागी भएका थिए ।

क्याम्पसका अध्यक्ष आलोककुमार पान्डेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा क्याम्पसका प्राचार्य अनन्त पाण्डे, सोल्भ टेक सफ्टवेयर कम्पनीका कार्यकारी अधिकृत पवन नेपाल, इन्फाइनाइट प्रालिका इन्जिनियरिङ निर्देशक प्रकाश अर्याल लगायतले बोलेका थिए ।

उक्त कार्यक्रममा बोल्दै विभागिय प्रमुख पन्तले  काठमाडौं विश्वविद्यालयले सञ्चालन गरेको शैक्षिक कार्यक्रम पहिलोपटक रुपन्देही जिल्लाको मणिग्राममा अवस्थित रेडियन्ट कलेजमा सञ्चालन हुन पाउँदा यस क्षेत्रका विद्यार्थीले नविनतम प्रविधि र पाठ्यक्रममा आधारित शिक्षाबाट समग्र विद्यार्थी लाभान्वित हुने बताए । 

नेपालमै पहिलो पटक २५ वटा भन्दा बढी राष्ट्रिय र अन्तराष्ट्रिय सफ्टवेयर कम्पनीहरुको संयुक्त पहलमा सो कलेजमा पढेका विद्यार्थीलाई पहिलो वर्षको अध्ययन पश्चात इन्टर्नसिप र रोजगारीको समेत व्यवस्था गरिने कलेजका अध्यक्ष ईन्जिनियर आलोककुमार पाण्डेको भनाइ छ ।