काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल) सँग भुक्तानी सम्बन्धी कारोबारहरुलाई अटोमेट गर्न सम्झौता गरेरको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी (संकलन तथा वितरण) शुरु गरेको छ ।
सम्झौतापत्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका तर्फबाट संस्थाका कार्यकारी निर्देशक अशोक कुमार पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता पश्चात् काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (ल्एक्ष्) सँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न शुरु गरेको हो ।
यस अन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न भुक्तानी प्रक्रिया, जस्तै तलब, विक्रेता भुक्तानी, कर, सामाजिक सुरक्षा कोष, निगम कर लगायतका भुक्तानीहरू एनसीएचएल भुक्तानी प्रणालीमार्फत स्वचालित गर्न थालेको छ।
उक्त कारोबारहरु केयुकेएलको बैंक खाताबाट सोझै लाभग्राही वा ग्राहकहरुले आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । साथै, केयुकेएलले अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू गर्ने योजना रहेको छ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको ल्एक्ष् मा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ११० भन्दा बढि गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
आईसीटी समाचार