कान्तिपुर सिटी कलेज (KCC) ले आगामी साउन १६ र १७ गते दुई दिने ‘केसीसी एक्जिबिट २०२५’ आयोजना गर्ने भएको छ ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कलेजको परिसरमै आयोजना हुने यो प्रदर्शनीमा विद्यार्थीहरूको नवप्रवर्तनात्मक क्षमता, प्रविधिमा आधारित परियोजना, सिर्जनशील सोच र कला–संस्कृतिको संगम देख्न पाइने छ ।
कार्यक्रममा कलेजमा अध्ययनरत विभिन्न तहका विद्यार्थीहरूले आफूले निर्माण गरेका आईटी तथा प्रविधि परियोजनाहरूको प्रदर्शन गर्नेछन् । यी परियोजनाहरूले विद्यार्थीहरूको प्रयोगात्मक सीप, समस्या समाधान गर्ने क्षमता र डिजिटल युगप्रतिको बुझाइमा थप प्रष्ट पार्ने विश्वास गरिएको छ ।
कलेजले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक ज्ञानमा आधारित शिक्षा दिनुपर्छ भन्ने आफ्नो मूल मान्यतालाई यस कार्यक्रममार्फत प्रस्तुत गर्न खोजेको छ ।
यसले विद्यार्थी, अभिभावक, उद्योग क्षेत्रका प्रतिनिधि र समुदायलाई जोड्ने उद्देश्यले सञ्चालन हुने यस कार्यक्रमले शिक्षा र समाजबीचको सहकार्यलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।