खल्तीले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ ।
यूनियन पेसँग सहकार्य गर्दै प्रदान गरिएको यस अफरमा खल्ती प्रयोगकर्ताहरूले तोकिएका ब्राण्डहरूको १०० बढी आउटलेटहरूमा यूनियन पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्दा थुप्रै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
वैशाख ३० सम्म लागु हुने यस अफरमा खल्ती प्रयोगकर्ताहरूले यूनियन पेको क्यूआर खल्तीमार्फत स्क्यान गरी छिटो र सरल तरिकाले भुक्तानी गर्दै १० प्रतिशत क्यासब्याकको लाभ समेत उठाउन सक्नेछन्।
विभिन्न मुभी हल, क्याफे र रेस्टुरेन्ट, स्वास्थ्य सेवा प्रदायक, फेसन ब्राण्ड, ट्राभल र एड्भेन्चर, डिपार्टमेन्टल स्टोरहरूका आउटलेटहरूमा भुक्तानी गर्दा उक्त क्यासब्याकको लाभ लिन सकिनेछ ।
आइ एन् आइ सिनेमा, न्यु म्यु, डल्ले, मोन्स्टर मिल, ई-फार्मेसी, मनकामना दर्शन लगायतका थुप्रै ब्राण्डहरूको आउटलेटहरूमा यस अफर उपलब्ध छ । साथै अन्य थप ब्राण्डहरू पनि यस अफरमा जोडिने क्रम जारी नै छ ।