कीवर्डहरू -

खल्ती डिजिटल वालेट ९ औं वर्षमा प्रवेश

खल्ती डिजिटल वालेट ९ औं वर्षमा प्रवेश

खल्ती डिजिटल वालेटले ९ औं वर्षमा प्रवेश गरेको छ ।  सबै नेपालीलाई वित्तीय पहुँच पुर्‍याउने उद्देश्यसहित सन् २०१७ जनवरी २६ मा खल्ती स्थापना भएको थियो ।

‘पैसाको नया ठेगाना’ भन्ने नाराका साथ सुरू भएको खल्ती आज धेरै प्रयोगकर्ताको रोजाइमा पर्न सफल भएको छ भने नगद बोक्नुपर्ने झन्झटलाई अन्त्य गर्न लागि परेको छ ।

आईएसओ २७००१ः २०१३ बाट मान्यता प्राप्त खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख बढी एजेन्ट, ६० हजार बढी मर्चेन्ट व्यवसायी, ५५ बढी बैंक तथा वित्तीय संस्था, १५०० बढी सहकारी र ३०० बढी कर्मचारीको परिवारमा रूपान्तरण भएको छ ।

सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्‍याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।