कीवर्डहरू -

साङ्गीतिक रियालिटी शो सारेगमप लिल च्याम्प्स २ को भोटिङ पार्टनरमा खल्ती

साङ्गीतिक रियालिटी शो सारेगमप लिल च्याम्प्स २ को भोटिङ पार्टनरमा खल्ती

सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर खल्ती बनेको छ। यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफूलाई मन पर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई खल्ती एपमार्फत सजिलै भोट गर्न सक्नेछन् ।

बालबालिकाहरूको गायन प्रतिभामा केन्द्रित ‘सारेगमप लिल च्याम्प्स’ विश्वव्यापी रूपमा चिनिएको फ्रेन्चाइज हो । पहिलो संस्करणबाट नै नेपाली साङ्गीतिक रियालिटी शो को एक महत्त्वपूर्ण हिस्सा बन्न पुगेको ‘सारेगमप लिल च्याम्प्स ’ को दोस्रो संस्करण यही मङ्सिरबाट स्पेश फोरके र डोको प्लेटफर्ममार्फत प्रसारण हुनेछ।

यस संस्करणमा सङ्गीतका दिग्गज दीप श्रेष्ठ, युवा प्रतीक स्वप्न सुमन र सुवानी मोक्तान जज प्यानलमा रहेका छन् । कार्यक्रमबारे सारेगमपका प्रोजेक्ट प्रमुख विपिन कुमारले खल्तीबाट सजिलै आफुलाई मन परेको प्रतियोगीलाई भोट गर्न सकिने बताए । 

यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्ती प्रयोगकर्ताहरूले आफू जहाँ भए पनि आफ्नो मन पर्ने प्रतिभालाई खल्तीबाट सजिलै भोट गर्न सक्ने जानकारी दिए ।