कीवर्डहरू -

खल्ती ट्रान्सफर लिग - खल्तीबाट फन्ड ट्रान्सफर गर्दा दैनिक, साप्ताहिक र बम्परमा बाइक पुरष्कार जित्ने मौका

खल्ती ट्रान्सफर लिग - खल्तीबाट फन्ड ट्रान्सफर गर्दा दैनिक, साप्ताहिक र बम्परमा बाइक पुरष्कार जित्ने मौका

आइएमई खल्ती लिमिटेडले 'खल्ती ट्रान्स्फर लिग' नामक नयाँ अफर सार्वजनिक गरेको छ । 

अहिले चलिरहेको नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा अझै उत्साह थप्दै यहि मङ्सिर २ गते देखि मङ्सिर २९ गतेसम्म १ महिनाको अवधि रहेको र क्रिकेटको खेल सरह यस अफरको विषयवस्तु रहेको कम्पनीले जानकारी गराएको छ ।

खल्तीबाट विभिन्न फन्ड ट्रान्स्फर कारोबार गरी सेवाग्राहीहरुले रन बनाउन सक्नेछन् र रन जम्मा गरेर दैनिक , साप्तहिक र बम्पर पुरष्कार जित्नेछन् ।  

खल्तीबाट खल्तीमा ट्रान्सफर गर्दा १ रन , खल्ती एस्क्रो प्रयोग गर्दा २ रन , खल्तीबाट बैंक खातामा ट्रान्स्फर गर्दा ४ रन , र विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन बनाउन मिल्ने, र यि रनहरु जम्मा गरी ६ रनमा दैनिक ६ एनपिएल को टिकट , ५० रनमा हरेक हप्ता सि एम एफ फोन १ र १०० रनमा बम्पर पुरष्कार स्वरुप बजाजको पल्सर एन१६० डुअल एबिएस जित्ने मौका प्राप्त गर्न सकिन्छ ।