कियाले ह्वीलचेयर भएको आफ्नो पहिलो विद्युतीय भ्यान सार्वजनिक गरेको छ । PV5 WAV नामको यो भ्यानमा साइड-एन्ट्री प्रणाली छ, जसले गर्दा ह्वीलचेयर प्रयोगकर्ताहरूले सिधै फुटपाथबाट गाडी चढ्न सक्नेछन् ।
साथै, ३०० किलोग्राम (६६१ पाउन्ड) भार सहनसक्ने छिटो प्रयोग गर्न मिल्ने प्रवेश र्याम्प पनि यसमा समावेश गरिएको छ । भ्यानको तेस्रो पङ्क्तिमा रहेको टिप-अप सिटको सहायताले अन्य यात्रुले ह्वीलचेयर प्रयोगकर्तालाई साइडबाट सहयोग गर्न सक्नेछन् । यसमा ह्वीलचेयरका लागि विशेष सुरक्षा बेल्ट फास्टनिङ प्रणाली समेत रहेको छ ।
कियोले यो PV5 WAV भ्यानलाई मोबिलिटी अपरेसन्ससँगको सहकार्यमा तयार पारेको हो। यो संस्था बेलायतको लामो समयदेखिको सरकारी सवारी भाडा योजनाको भाग हो, जसले अपाङ्गता भएका व्यक्तिहरूलाई पहुँचयुक्त यातायात उपलब्ध गराउन सहयोग गर्छ ।
कियाको यो PV5 इलेक्ट्रिक भ्यान बेलायतमा हालै मात्र प्री-अर्डरका लागि खुला गरिएको हो । डब्लुएभी संस्करणको मूल्य सार्वजनिक गरिएको छैन, तर यसको सामान्य संस्करणको प्रारम्भिक मूल्य झण्डै ४४ हजार अमेरिकी डलर रहेको छ ।