कीवर्डहरू -

कुमारी बैंकको दशैं अफर, डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत दशैं दक्षिणा पाइने

कुमारी बैंकको दशैं अफर, डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत दशैं दक्षिणा पाइने

कुमारी बैंकले दशैंको अवसर पारेर ‘दशैं दक्षिणा’ अफर सार्वजनिक गरेको छ । दशमीको दिन मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने १ हजार जना सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत (अधिकतम ५० रुपैयाँ) दक्षिणा बैंकले प्रदान गर्नेछ ।

एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन कुमारी बैंकका सेवाग्राहीले डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता र ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५ सय १ रुपैयाँ बराबरको दशैं दक्षिणा प्राप्त गर्न सक्नेछन् ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ । बैंकले घटस्थापनादेखि महानवमीसम्म दशैँ उत्सव क्यासब्याक योजना पनि सञ्चालन गरिरहेको छ ।