कीवर्डहरू -

लक्ष्मी सनराईज बैंकले सञ्चालनमा ल्यायो ई-कमर्स अक्वायरिङ गेटवे सेवा

लक्ष्मी सनराईज बैंकले सञ्चालनमा ल्यायो ई-कमर्स अक्वायरिङ गेटवे सेवा

लक्ष्मी सनराईज बैंकले ई-कमर्स अक्वायरिङ गेटवे सेवा संचालनमा ल्याएको छ ।  नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने पहिलो बैंक लक्ष्मी सनराईजले यो सेवा नेप्स र भिजाको सहायक संस्था साइबरसोर्ससँगको सहकार्यमा विकास गरेको जानकारी दिएको छ । 

यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारीहरुले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जनाएको छ । ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको लागि ग्राहकमार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन सक्ने कम्पनीको विश्वास छ । 

उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सकिनेछ भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् ।