कीवर्डहरू -

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा, ईभी चार्जिङ प्वाइन्टदेखि सर्भिससम्म सुविधा

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा, ईभी चार्जिङ प्वाइन्टदेखि सर्भिससम्म सुविधा

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुका लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौँको तीनकुनेमा अवस्थित छ। 

सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। केईको शो रुम नक्साल भाटभटेनीमा सञ्चालनमा आई सकेको छ। हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट चल्ने गाडी को लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको हो। 

सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री चेक जाँच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुनेछ। सेन्टरमा सबै प्राविधिकहरू ईभी सर्टीफाइड दक्षता हासिल गरेका छन्।

सर्भिस सेन्टरमा ईभी चार्जिङ प्वाइन्ट, यथेष्ट पार्किङ सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बेहरू जडान गरिएको छ।