कीवर्डहरू -

लिपफ्रगले सम्पन्न गर्‍यो चौथो संस्करणको ‘डिजाइन डिस्को’ कार्यक्रम

लिपफ्रगले सम्पन्न गर्‍यो चौथो संस्करणको ‘डिजाइन डिस्को’ कार्यक्रम

स्टार्टअप तथा इन्टरप्राइजका लागि स्वास्थ्य, फिनटेक, एड–टेक र कन्स्ट्रक्सन क्षेत्रमा विश्वव्यापी प्रविधि तथा एआई पार्टनरका रूपमा काम गर्दै आएको लिपफ्रग टेक्नोलोजी इन्कले आफ्नो प्रमुख डिजाइन कार्यक्रम डिजाइन डिस्को पावर्ड बाई एडब्लुएस सम्पन्न गरेको छ । 

काठमाडौंको ठमेलस्थित ‘सुपर क्लब’ मा सम्पन्न भएको चौथो संस्करणको डिजाइन डिस्कोमा १५० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा वक्ताको रूपमा लिपफ्रगका डिजाइन निर्देशक आभाष विक्रम थापा, माइक्रोसफ्टकी वरिष्ठ प्रडक्ट डिजाइनर जयरसी नाग्राले, वर्ल्ड वि डिजायरका संस्थापक दीपशिखा यादव र एड क्लब नेपालका गर्भनर विधान राजभण्डारी रहेका थिए ।

यस वर्षको विषयवस्तु ‘द डिजिटल मी’ रहेको थियो, जहाँ पर्सनलाइज्ड, सन्दर्भ–आधारित अनुभव स्पाटियल डिजाइन र अदृश्य इन्टरफेसले (invisible interfaces) कसरी प्रविधिसँगको हाम्रो अन्तरक्रिया बदल्दैछ भन्नेबारे छलफल गरिएको थियो । 

कार्यक्रममा एजेन्टिक एआईको अनुभव गराइएको थियो भने कोडिङ विनै एआईमार्फत प्रोजेक्टहरू समेत तयार गरिएको थियो । कार्यक्रमको प्रमुख वक्ता आभाष विक्रम थापाले डिजाइन अब केवल स्क्रिनमा देखिने कुरामात्र नभइ एआईको समावेशसँगै अनुभूतिकोस्तरमा पुगिसकेको बताएका थिए । 

यस्तै अर्का वक्ता दीपशिखा यादवले ‘द डिजिटल मी’ ले पहुँचदेखि मार्केटिङसम्मका आयाम समेटेको बताए । नेपालको डिजाइन समुदायको प्रमुख मञ्चका रूपमा स्थापित डिजाइन डिस्को ले हरेक वर्ष डिजाइन, डेभलपमेन्ट र डिजाइन–थिंकिङ क्षेत्रका सर्जनशील व्यक्तित्वलाई एकैठाउँमा ल्याउँदै आएको छ । यसले विषयगत प्रस्तुतिहरू, अन्तर्क्रिया र नेटवर्किङ अवसरहरू प्रदान गर्दै आएको छ।