कीवर्डहरू -

लिबर्टी माइक्रो लाइफ नेशनल पेमेन्ट स्वीचमा आबद्ध

लिबर्टी माइक्रो लाइफ नेशनल पेमेन्ट स्वीचमा आबद्ध

लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । यसका निम्ति लिबर्टी माइक्रो लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौतापछि लिबर्टी माइक्रो लाइफ एनपीएसमा आबद्ध पाँचौ माइक्रो लाइफ इन्सुरेन्स कम्पनी हुनेछ । यस अन्तर्गत लिबर्र्टी माइक्रो लाइफका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खाताहरू बिच सोझै गर्न सक्नेछ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् । यस्तै, पिएसपी÷पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । मर्चेन्ट बैंकिङ्ग, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरूमा भुक्तानी कारोबारहरूलाई डिजिटाइज गर्न एनपीएस अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा रहेका छन् ।