कीवर्डहरू -

लिङ्कडइनले ल्यायो एआई-सञ्चालित जागिर खोज्ने सेवा, कीवर्डको झन्झट बिना सिधै परिणाम

लिङ्कडइनले ल्यायो एआई-सञ्चालित जागिर खोज्ने सेवा, कीवर्डको झन्झट बिना सिधै परिणाम

प्रोफेशनल नेटवर्किङ प्लेटफर्म लिङ्कडइनले नयाँ एआई-सञ्चालित जागिर खोज्ने उपकरण सार्वजनिक गरेको छ, जसले प्रयोगकर्ताहरूलाई नेचुरल ल्याङ्ग्वेज जागिर खोज्न सक्ने सुविधा दिन्छ। यो सुविधा सुरुमा अमेरिका भित्र सुरु गरिएको थियो र अब भारतसहित विश्वभर उपलब्ध गराइएको छ। यो सुविधा मात्र लिङ्कडइन प्रिमियम प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ।

लिङ्कडइनले एक प्रेस विज्ञप्तिमा जानकारी दिएको अनुसार, यो नयाँ उपकरणले प्रयोगकर्ताहरूलाई “सामान्य भाषा” मा जागिर खोज्न दिन्छ। उदाहरणका लागि, एक सुरुवाती स्तरको सफ्टवेयर इन्जिनियरले लेख्न सक्छ: “काठमाडौँमा हाइब्रिड वा रिमोट फुल-स्ट्याक डिभेलपरको जागिर”  र यो उपकरणले यस्तै सबै उपयुक्त जागिरहरू देखाउनेछ।

के-के फाइदा हुने?

  • कीवर्ड-सर्चको आवश्यकता हट्ने

  • म्यानुअल फिल्टरिङको झन्झट सकिने

  • थोरै समयमा बढी सान्दर्भिक रिजल्ट

  • प्रयोगकर्तालाई आत्मविश्वासका साथ करियर निर्णय लिन सहयोग

यो उपकरण हाललाई केवल लिङ्कडइन प्रिमियम सब्स्क्राइबरहरूका लागि उपलब्ध छ। लिङ्कडइन प्रिमियमको मूल्य प्रति महिना २९.९९ डलर रहेको छ, जसमा प्रयोगकर्ताहरूले इन्टरभ्यु प्रेपरेशन्स, करियर प्लानिङ र अन्य एआई-आधारित टूल्सको सुविधा पनि प्राप्त गर्छन् ।