लिङ्क्डइनले एआईमा आधारित जब म्याच फिचर सुरू गरेको छ । यो फिचर रोलआउट हुन सुरू भएको छ ।
यस फिचरबाट लिङ्क्डइनले एआईको प्रयोग गरेर लिष्ट भएका जबहरूको सारांश प्रदान गर्नेछ, जसले प्रयोगकर्ताहरूलाई कुन हदसम्म कुनै पदको लागि योग्य छन् भनेर जानकारी दिने छ ।
लिङ्क्डइनका उत्पादन प्रबन्धक रोहन राजीवका अनुसार यस समर्थित फिचरले जागिर खोज्नेहरूले प्रयोग गर्ने साधारण कीवर्ड म्याचिङ्गभन्दा धेरै अगाडि काम गर्नेछ ।
यसले तपाईंको अनुभवको दायरा बुझ्न र जागिर विवरणमा उल्लिखित योग्यतासँग कसरी मेल खान्छ भन्ने कुरा बुझ्न प्रयास गर्ने उनको भनाइ छ ।
जब म्याच फिचर सबै लिङ्क्डइन प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ । तर लिङ्कडइन प्रिमियमका सदस्यहरूलाई जब म्याचको स्तरबारे थप विस्तृत जानकारी प्राप्त गर्न फाइदा हुनेछ ।
अन्ततः यस फिचरले रोजगारदाताहरूका लागि पनि योग्य उम्मेदवारहरू खोज्न सहयोग गर्नेछ । तर रोजगार खोज्नेहरूको पीडा पनि कम गर्ने कि नगर्ने भन्ने कुरा अझै स्पष्ट छैन ।
कतिपय अवस्थामा सम्बन्धित रोजगारीका अयोग्य व्यक्तिले समेत आवेदन दिइरहेका हुन्छ । त्यस्तो अवस्थामा योग्य उम्मेद्वार खोज्न यसले सघाउने बताइएको छ ।