कीवर्डहरू -

लोकसले प्रि-इभेन्टको रूपमा ह्याक अ विक गर्दै, यसरी हुनुहोस् सहभागी

लोकसले प्रि-इभेन्टको रूपमा ह्याक अ विक गर्दै, यसरी हुनुहोस् सहभागी

प्रविधि तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लोकसले ‘ह्याक अ विक २०२६’ आयोजना गर्ने भएको छ। लोकसको प्रि-ईभेन्टको रूपमा आयोजना हुने ह्याक अ विकमा प्रोग्रामर, डेभलपर, विद्यार्थी तथा प्रविधिमा रुचि राख्ने युवाहरू सहभागी हुन सक्ने छन् । 

कार्यक्रममा सहभागीताका लागि दर्ता खुला गरिएको आयोजकले जनाएको छ। ह्याक अ विकमा सहभागी हुने पुस १४ गते सोमबार अर्थात भोलिसम्म आवेदन दिन सकिने छ । आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । 

कार्यक्रम पुस १७ गतेदेखि सुरू हुनेछ । प्रतियोगितामा सहभागीहरूले विभिन्न प्रविधिगत समस्या समाधानका लागि नविन आइडिया र प्रोजेक्ट प्रस्तुत गर्नुपर्नेछ।


कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूका लागि कुल १ लाख रूपैयाँ बराबरको पुरस्कार व्यवस्था गरिएको छ। टिम छनोटपछि सहभागिता शुल्कसम्बन्धी जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।

यस कार्यक्रमले नेपाली प्रविधि इकोसिस्टममा नवप्रवर्तन, सहकार्य र सीप विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

पुल्चोक क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने इलेक्ट्रिकल्स, इलेक्ट्रोनिक तथा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरुले हरेक वर्ष ‘लोकस’ आयोजना गर्दै आएका छन् । सन् २००३ देखि नै लोकस आयोजना भइरहेको छ ।