हार्डवेयर, इलेक्ट्रोनिक्स र एम्बेडेड सिस्टममा रुचि राख्ने विद्यार्थी तथा प्रविधि उत्साहीहरूका लागि लोकसले प्रि-इभेन्टको रूपमा हार्डवेयर फेलोशिप २०२६ आयोजना गर्ने भएको छ ।
व्यवहारिक सिकाइमा केन्द्रित यस फेलोशिपले सर्किट डिजाइन, सेन्सर, एम्बेडेड सिस्टम र वास्तविक हार्डवेयर निर्माणमा सहभागीलाई प्रत्यक्ष अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा सहभागीहरूले अनुभवी मेन्टरबाट संरचित तालिम, वास्तविक हार्डवेयर प्रोजेक्टमा काम गर्ने तथा उद्योगसँग जोडिने अवसर पाउनेछन्।
यो फेलोशिप कार्यक्रम सन् २०२६ जनवरी ४ देखि जनवरी १० सम्म पुल्चोक क्याम्पस, ललितपुरमा सञ्चालन हुनेछ। कार्यक्रममा बिहान ७:३० देखि ९:१५ सम्म र साँझ ४:०० देखि ५:४५ सम्म दुई वटा समय सत्र राखिएको छ।
सहभागीहरूलाई आवश्यक टुल्स, कम्पोनेन्ट र अध्ययन सामग्री उपलब्ध गराइनेछ भने परियोजनाका क्रममा निरन्तर मेन्टर सपोर्ट प्रदान गरिने आयोजकले जनाएको छ।
फेलोशिपका लागि दर्ता शुल्क व्यक्तिगत रूपमा ८५० रुपैयाँ तोकिएको छ भने चार जनाको समूह दर्ता गर्दा प्रति व्यक्ति ८०० रुपैयाँ लाग्नेछ।
इच्छुक सहभागीहरूले सन् २०२६ जनवरी २ भित्र दर्ता गरिसक्नुपर्नेछ। अहिले दर्ता खुला रहेको छ । यदी तपाई पनि आफु वा आफ्नो टिम दर्ता गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
पुल्चोक क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने इलेक्ट्रिकल्स, इलेक्ट्रोनिक तथा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरुले हरेक वर्ष प्रविधि मेला ‘लोकस’ आयोजना गर्दै आएका छन् । सन् २००३ देखि नै लोकस आयोजना भइरहेको छ ।
आईसीटी समाचार