कीवर्डहरू -

गूगल प्ले स्टोरमा पुनः फर्कियो मेरो शेयर एप

गूगल प्ले स्टोरमा पुनः फर्कियो मेरो शेयर एप

गूगल प्ले स्टोरमा मेरो शेयर एप फर्किएको छ । शुक्रबार बिहान अकस्मात प्लेट स्टोरबाट गायब भएको एप पुनः देखिएको हो । 

शुक्रबार बिहान सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका सूचना अधिकारी सुरेश न्यौपानेले गूगल प्ले स्टोरले नीति अपडेट गरेका कारण एप नदेखिएको र प्राविधिक टिमले काम गरिरहेको बताएका थिए । 

सीडीएसी एण्ड क्लियरिङ लिमिटेडको प्राविधिक टिमले प्ले स्टोरमा मेरो शेयर एपलाई फर्काउन सफल भएको छ । मेरो शेयर एप एप्पलको एप स्टोरबाट डाउनलोड गर्न यहाँ र गूगल प्ले स्टोरबाट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।