कीवर्डहरू -

इन्स्टाग्रामका ३ विकल्प

इन्स्टाग्रामका ३ विकल्प

इन्स्टाग्राम अहिले संसारकै सबैभन्दा ठूला सामाजिक सञ्जाल प्लेटफर्महरू मध्ये एक बनिसकेको छ, जसका २ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । फोटो र भिडियो सेयर गर्नका लागि यो फेसबुक, पिनटे्रस्ट जस्ता पुराना प्लेटफर्महरूको लोकप्रिय विकल्प बनिसकेको छ ।

तर, सबैलाई इन्स्टाग्रामको 'शो–अफ’ संस्कृती, छोटो भिडियो (रिल्स) को अत्यधिक दबाब, र टक्सिक वातावरण मन नपर्न सक्छ । धेरै प्रयोगकर्ताहरूको भनाइ छ कि मेटाले इन्स्टाग्राममा यति धेरै फिचर्स थपेको छ कि अब यो चलाउन जटिल र थकाउने किसिमको प्लेटफर्म बनिसकेको छ ।

यदि तपाईं पनि रिल्स, स्टोरिज र एल्गोरिदमिक कन्टेन्टहरूबाट दिक्क भइसक्नुभएको छ र केही नयाँ, शान्त र रचनात्मक अनुभव खोज्दै हुनुहुन्छ भने, यो खबर तपाईंको लागि हो । यहाँ हामी तपाईंलाई इन्स्टाग्राम का ३ उत्कृष्ट विकल्पहरूबारे जानकारी दिँदैछौं ।

पिक्सेलफेड

पिक्सेलफेड त्यस्तै छ जस्तो इन्स्टाग्राम पहिले थियो — सरल र शुद्ध फोटो सेयरिङका लागि । यसमा कुनै रिल्स, स्टोरिज वा एल्गोरिदम–आधारित फिड छैन् । यसको इन्टरफेस इन्स्टाग्राम जस्तै देखिन्छ तर धेरै हल्का र सफा छ ।

यो एउटा फेडरेटेड प्लेटफर्म हो (जस्तै मास्टोडन), अर्थात् यो केन्द्रीयकृत छैन् । तपाईं मास्टोडन अकाउन्टबाट पनि लगइन गर्न सक्नुहुन्छ ।

यद्यपि, यसमा इन्स्टाग्राम जस्ता एडभान्स फोटो एडिटिङ टुल्स छैनन् र यसको प्रयोगकर्ता संख्या धेरै कम छ ।
तर यदि तपाईं केवल फोटोहरू सेयर गर्न चाहनुहुन्छ र एल्गोरिदमबाट टाढा रहन चाहनुहुन्छ भने, पिक्सेलफेड पक्कै पनि प्रयोग गरेर हेर्नुहोस् । यो एन्ड्रोइड, आईओएस र वेब दुबैतर्फ उपलब्ध छ ।

पिङ्कस्काई

यदि तपाईं थ्रेड्स वा ब्लूस्काइ जस्ता प्लेटफर्महरूमा फोटो सेयर गर्न मन पराउनुहुन्छ भने, पिङ्कस्काइ तपाईंको लागि उपयुक्त विकल्प हो ।

यो एटी प्रोटोकल नेटवर्कमा आधारित छ र तपाईं आफ्नो ब्लूस्काइ फिड यसमा इम्पोर्ट गर्न सक्नुहुन्छ । ब्लूस्काइ अकाउन्टबाट लगइन गर्नुहोस्, र यस एपमा केवल फोटो तथा भिडियो कन्टेन्ट मात्र देखिनेछ — कुनै अनावश्यक पोस्टहरू होइन् ।

पिङ्कस्काइमा तपाईं आफ्नो रुचिअनुसार कस्टम फिड बनाउन सक्नुहुन्छ, जसले तपाईंलाई तपाईले हेर्न चाहनु भएको सामग्री मात्र देखाउनेछ । यसमा तपाईं डिसअपीयर हुने फोटो तथा भिडियोहरू पनि सेयर गर्न सक्नुहुन्छ, यद्यपि ती ब्लूस्काइ मा देखिनेछन् । यो एप पनि एन्ड्रोइड, आईओएस र वेबमा उपलब्ध छ ।

टम्बलर 

टम्बलर सायद तपाईंले बिर्सिनु भएको होला, तर यो प्लेटफर्म अझै पनि जीवित छ र रचनात्मक व्यक्तिहरूको अड्डा बनेको छ ।

यहाँ तपाईं ब्लग, फोटो, जीआईएफ, मिम्स र भिडियोहरू सेयर गर्न सक्नुहुन्छ । टम्बलरले तपाईंलाई आफ्नो प्रोफाइल कस्टमाइज गर्ने स्वतन्त्रता दिन्छ — थिम, रंग, फन्ट, ब्याकग्राउन्ड सबै तपाईं आफैं सेट गर्न सक्नुहुन्छ ।

यसमा इन्स्टाग्राम जस्तै ह्यासट्याग्स त छन्, तर कुनै रिल्स वा स्टोरिज छैनन् । टम्बलर को वातावरण धेरै सपोर्टिभ र सकारात्मक छ। यद्यपि, यसको कुनै आधिकारिक मोबाइल एप छैन र कम्पनीले तपाईंको फोटोहरू एआई ट्रेनिङका लागि प्रयोग गर्न सक्छ (तर तपाईं यसलाई प्रतिबन्धित पनि गर्न सक्नुहुन्छ) ।