कीवर्डहरू -

स्वास्थ्य वित्तीय प्रणालीलाई सुधार गर्ने डिजिटल स्टार्टअप खोज्दै एडीबी, २० हजार डलर पुरस्कार

स्वास्थ्य वित्तीय प्रणालीलाई सुधार गर्ने डिजिटल स्टार्टअप खोज्दै एडीबी, २० हजार डलर पुरस्कार

एशियाली विकास बैंक (एडीबी) ले डिजिटल हेल्थ फाइनान्सिङ च्यालेन्ज आयोजना गर्ने भएको छ । विकासशील देशको राष्ट्रिय स्वास्थ्य वित्तीय प्रणालीलाई इन्नोभेटिभ डिजिटल प्रणालीबाट सुधार गर्ने उद्देश्यले बैंकले च्यालेञ्ज आयोजना गर्न लागेको हो । 

डिजिटल पेमेन्ट, इन्स्योरटेक, एक्सेस टु हेल्थ स्किम र फ्रड डिटेक्सन थिममा रहेर आवेदन दिन सकिने छ । यी थिममा आधारित रहेर काम गरिरहेका डिजिटल स्टार्टअप वा आईडियाले आवेदन दिन सक्ने छन् । आवेदन सोमबारसम्म मात्रै दिन सकिने छ । आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । त्यसपछि शर्ट लिष्ट र पिचिङको प्रक्रिया सुरू हुनेछ । 

डिजिटल हेल्थ फाइनान्सिङ च्यालेन्ज छनौट भएका २ वटा स्टार्टअपले एशियाली विकास बैंक र विकासशील देशको सरकारसँग डिजाइन तथा कार्यान्वयनका लागि नजिक रहेका काम गर्न पाउने छन् । 

यस बाहेक उत्कृष्ट स्टार्टअपलाई २० हजार अमेरिकी डलर बराबरको ग्राण्ट र एडब्लुएसको क्रेडिट समेत प्रदान गरिने छ । सहभागीले मेन्टरसीप र नेटवर्किङको अवसर पाउने पनि जनाइएको छ । 


एशिया र प्यासिफिक क्षेत्रका केही देशले सार्वजनिक स्वास्थ्य प्रणालीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र किफायतीता बढाउन विश्वव्यापी स्वास्थ्य कभरेजको वित्तपोषण गर्ने लक्ष्य हासिल गर्न चुनौतीहरूको सामना गरिरहेका छन् । त्यसैलाई कम गर्न एडीबीको यस च्यालेञ्जको सुरूवात गरेको हो । 

एशियाली विकास बैंकले डिजिटल हेल्थ फाइनान्सिङ च्यालेन्जका लागि डालबर्ग, आईक्युभीआईए र अमेजन वेब सर्भिसेससँग सहकार्य गरेको छ ।