कीवर्डहरू -

लुम्बिनी प्रदेशले स्टार्टअप ईकोसिस्टमलाई संस्थागत गर्ने, जेनजी केन्द्रित उद्यमशीलता प्रवर्धन गर्ने

लुम्बिनी प्रदेशले स्टार्टअप ईकोसिस्टमलाई संस्थागत गर्ने, जेनजी केन्द्रित उद्यमशीलता प्रवर्धन गर्ने

लुम्बिनी प्रदेशले स्टार्टअप ईकोसिस्टमलाई संस्थागत गर्दै नवप्रवर्तन सहितको पुँजीमा पहुँच र उद्यमशीलता प्रवर्धनमा जोड दिने भएको छ । 

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

स्वदेशमा नै रोजगारी सिर्जना गर्न उद्यमशीलता विकास, विशेष सीपमूलक तालिम तथा स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ । 

साथै, जेनजी पुस्ता केन्द्रित उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक रकम छुट्‌याइएको छ । 

युवाहरूलाई रोजगारीको अवसर दिलाउन तथा स्वरोजगार बनाउन परीक्षण सहितको सीप विकास र प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गर्न ४ करोड ६५ लाख विनियोजन समेत गरिएको छ ।