मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले मास्टर्समा एआई तथा डेटा साइन्सको आवेदन खुला गरेको छ । विश्वविद्यालयले मे २०२५ सेसनका लागि मास्टर अफ एप्लाइड साइन्स इन आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्स कार्यक्रममा आवेदन खुला गरेको हो ।
विज्ञान, इन्जिनियरिङ, प्रविधि वा सम्बन्धित क्षेत्रमा ४ वर्षको स्नातक डिग्री र न्यूनतम २.७५ सीजीपीएस प्राप्त गरेका विद्यार्थीले कोर्षला लागि आवेदन दिन सक्ने छन् ।
आगामी फेब्रुअरी २० सम्म एआई र डेटा साइन्स अध्ययनका लागि आवेदन दिन सकिने छ । त्यसपछि मार्च २ र ३ मा प्रवेश परीक्षा तथा अन्तर्वाता हुनेछ भने मे २६ देखि पढाइ नै सुरू हुनेछ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वेबसाइटमा गएर वा यहाँ क्लिक गरेर आवेदन फाराम भर्न सकिने छ ।