कीवर्डहरू -

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (MBUST) ले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ । 

विश्वविद्यालयले कृत्रिम बौद्धिकता, डेटा विज्ञान, मेशिन लर्निङ, आईओटी, एनएलपी लगायत समसामयिक प्रविधिका क्षेत्रमा विशेषज्ञता भएका योग्य, अनुभवी र अनुसन्धानमुखी नेपाली तथा विदेशी नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो ।

यी क्षेत्रमा विशेषज्ञता भएका योग्य व्यक्तिले प्राध्यापक, एशोशिएट प्राध्यापक र सह-प्राध्यापक पदमा  दरखास्त दिन सक्ने छन् । महिला तथा पछाडि पारिएका समुदायका उम्मेदवारहरूलाई आवेदन दिन विशेष प्रोत्साहन गरिएको छ । साथै सम्बन्धित विषयमा पीएचडी भएका उम्मेदवारलाई प्राथमिकता दिइने विश्वविद्यालयले जनाएको छ ।

इच्छुक व्यक्तिले [email protected] मा निवेदन, सीभी, पीएचडीमा गरेको अनुसन्धान क्षेत्र, विश्वविद्यालय र राष्ट्रका लागि आफूले पुर्‍याउन सक्ने योगदानबारे १ हजार शब्दसम्मको निबन्ध, अनुसन्धान पेपरको लिंक पठाउनु पर्नेछ । 

यस बाहेक शिक्षण अनुभव, पीएचडीमा सुपरभाइज गरेको विद्यार्थीहरूको सूची र योगदान, अनुदान (राशि र एजेन्सीसहित), पेटेन्ट भए त्यसको सूची र तीनजना सिफारिसकर्ताको नाम र सम्पर्क विवरण (सीधा पर्यवेक्षण गरेका हुनुपर्ने) पनि आवेदनमा पेश गर्नुपर्नेछ । पदपुर्ती नभएसम्म आवेदन दिन सकिने छ । 

२०७९ सालमा स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय नेपालको पहिलो स्वायत्त अनुसन्धानमुखी विश्वविद्यालय हो, जसले विश्वस्तरीय शैक्षिक संस्था बन्ने लक्ष्य राखेको छ । चितलाङमा रहेको विश्वविद्यालयले अनुसन्धान, नवप्रवर्तन, र उद्योगसँगको सहकार्यलाई आफ्नो प्रमुख प्राथमिकता मानेको छ ।

null