राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पुनलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने गरी कुरा अगाडि बढेको छ ।
अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगै छ । पुनलाई विज्ञान तथा प्रविधि मन्त्री शिक्षा मन्त्रालयको समेत जिम्मेवारी दिने प्रष्ट भइसकेको छैन् ।
उनले एशियाको नोबेल पुरस्कार मानिने म्यागासेसे पुरस्कार समेत पाएका छन् । पछिल्लो समय राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर पुनले नेपालको माटो सुहाउँदो अनुसन्धान, आविष्कार र इन्नोभेसनमा तल्लिन रहेका छन् ।
२ दशक अघि वायरलेसका सञ्जाल बनाएर गाउँगाउँमा इन्टरनेट पुऱ्याउने र इन्टरनेटमार्फत् स्थानीय बासिन्दालाई सूचना प्रविधिसँग परिचित गराउने काम पुनले नै गरेका थिए ।