कीवर्डहरू -

महालक्ष्मी स्मार्ट साथी सञ्चालनमा

महालक्ष्मी स्मार्ट साथी सञ्चालनमा

महालक्ष्मी विकास बैंकले हालको मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्ग सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागत रुपमा उपलब्ध सेवाहरूमा थप विस्तार गरिएको हो । 

अब ग्राहकहरूले सामान्य बैंकिङ एप भन्दा महालक्ष्मी स्मार्ट साथीमार्फत रियल टाइममा नै ८ लाख रूपैयाँसम्म मुद्दती धितो कर्जाको सुविधा पाउने छन् ।
 
यस्तो सुविधा प्रदान गर्नेमा महालक्ष्मी विकास बैक नेपालमा विकास बैंकमा नै पहिलो बैंक बनेको छ । 

यस्तै अनलाइनबाट नै केवाईसी फारम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने, आफूले चाहेको बचत तथा मुद्दती खाता खोल्न आवेदन दिन सक्ने र ग्राहकले स्वयमले आफू कर्जाको लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयम जाँच गर्न सक्ने सुविधा रहेको छ ।  

यस बाहेक एप्लिकेसनमार्फत नै कर्जाको आवेदन गर्न सक्ने सुविधा समेत रहेको छ । 

यस एपको सुरुवात सँगै ग्रामीण तथा अर्ध शहरी क्षेत्रमा बैंकिङ सेवाहरूको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढवा दिन, प्रत्यक्ष रूपमा बैंकमा उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

उक्त मोबाइल एप्लिकेशनल प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ । उक्त एप्लिकेशन एप्पल स्टोर र प्ले स्टोर पनि उपलब्ध छ ।