कीवर्डहरू -

महावीर पुन भन्छन् – मन्त्री नभन्नुहोला, रहर लागे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला

महावीर पुन भन्छन् – मन्त्री नभन्नुहोला, रहर लागे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बधाईका लागि फोन नगर्न र खादा माला लिएर नआउन आग्रह गरेका छन् । 

बधाईका लागि फोन गर्नु र खादा माला लिएर आउनुको साटो शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने ठोस काम र आईडिया ह्वाट्सएपमा पठाउन उनको अनुरोध छ ।

साथै आफुलाई मन्त्री नभन्न समेत भनेका छन् । ‘मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।