कीवर्डहरू -

पीडीएफ फाइलबाटै हुन सक्छ मालवेयर अट्याक ? जोगिन यसो गर्नुहोस्

पीडीएफ फाइलबाटै हुन सक्छ मालवेयर अट्याक ? जोगिन यसो गर्नुहोस्

पिडिएफ सामान्यतया प्रयोग गरिने फाइल ढाँचाहरू मध्ये एक हो, जुन इमेल वा अन्य इलेक्ट्रोनिक सञ्चार प्लेटफर्ममार्फत डकुमेन्ट प्राप्त गर्न वा पठाउन प्रयोग हुन्छ ।  यसको एक आधारभूत कारण हो, पीडीएफमा हामी सजिलैसंग कुनै पनि फाइल हेर्न सक्छौं ।

हाम्रा धेरै जसो डकुमेन्ट जस्तै शैक्षिक, बैंकिङ वा कुनै पनि बिल होस्, पिडिएफ भर्सनमै सेभ गर्छौँ । तर अब तपाईंले यी फाइलहरू हेर्दा वा सेभ गर्दा सावधान हुन आवश्यक छ ।

ग्लोबल साइबरसेक्युरिटी फर्म, पालो अल्टो नेटवर्क्सको रिपोर्ट अनुसार, पिडिएफ इमेल अट्याचमेन्टको रूपमा मालवेयर डेलिभर गर्ने सबैभन्दा लोकप्रिय फाइल फरम्याट हो । 

रिपोर्टमा मालवेयर अट्याचमेन्टको संख्या ६६.६ प्रतिशत बढी रहेको दाबी गरिएको छ । यसको मतलब इमेलमार्फत पठाइएका प्रत्येक १० पिडिएफ फाइल अट्याचमेन्टमध्ये ६ मा कुनै न कुनै प्रकारको मालवेयर हुन्छ र यसले तपाईको पिसी/ल्यापटप ह्याक गर्न सक्छ ।

वास्तवमा, पीडीएफ जस्तो देखिने मालवेयर यस्तो तरिकाले डिजाइन गरिएको हुन्छ । ताकी यसले तपाईको उपकरणको प्रत्येक परमिसन प्रयोग गर्न  सक्छ । एकपटक एपले फोन वा ल्यापटपको हरेक अनुमति लिएपछि, तपाईको डाटा चोरी गर्न धेरै समय लाग्दैन् । यस्ता मालवेयर टाढैबाट काम गर्दछन् र टाढैबाट ह्याकरहरूलाई पठाउँदै छन् भन्ने कुरा धेरैजसो समय थाहा पनि हुँदैन् । 

ह्याक गर्नलाई पिडिएफ एक सबैभन्दा सामान्य तरिका हो, जसका कारण ह्याकरहरूले तपाईंको पीसी/ल्यापटपमा मालवेयर पुर्‍याउँछन् । पालो अल्टो नेटवर्क्सका उपाध्यक्ष र प्रमुख सुरक्षा अधिकारी सीन डुका भन्छन्, ह्याकरले तपाईंको सानो गल्तीको फाइदा उठाएर सोशल इन्जिनियरिङको मद्दतले तपाईंको ल्यापटप/पीसीलाई हानि पुर्‍याउँछन् । यसबाट बच्न संस्था र प्रयोगकर्ता दुवै सचेत हुनुपर्छ ।

तपाईको ल्यापटप/पीसीलाई ह्याकरहरूबाट कसरी जोगाउने ? 

  • अज्ञात प्रेषकले पठाएको पिडिएफ वा कुनै पनि फाइल डाउनलोड नगर्नुहोस् ।
  • अधिकांश वेब ब्राउजरहरू आन्तरिक सुरक्षा सेवाहरूसँग आउँछन्, जसले तपाईंलाई गलत वेबसाइट भ्रमण गर्दा चेतावनी दिन्छ ।
  • आफ्नो ल्यापटप/पिसीमा एन्टिभाइरस सुरक्षा एक्टिभेट गर्नुहोस्। 
  • आफ्नो ल्यापटप/पीसीको अपरेटिङ सिस्टमलाई सधैं अपडेट राख्नुहोस् ।
  • च्याटिङ एपमा पिडिएफ खोल्दा, तपाईंले प्रेषकलाई विश्वास गर्न सक्नुहुन्छ कि सक्नुहुँदैन् भन्ने कुरा पनि ध्यानमा राख्नुहोस् ।