कीवर्डहरू -

लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर, तपाईको फोनमा पनि छन् कि ?

लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर, तपाईको फोनमा पनि छन् कि ?

लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर देखा परेको छ । डक्टर वेबको मोबाइल थ्रेट प्रतिवेदनमा लाखौं डाउनलोड भएका एप जोकर, फेक र हिडन एड्स ट्रोजनबाट संक्रमित रहेको उल्लेख गरेको छ । 

त्यस्ता एपहरू २० लाख बढी पटक डाउनलोड गरिएको छ । यी एपहरू इन्स्टल गरेपछि एपहरूले आफ्ना आईकन ट्रान्सप्यारेन्ट तस्वीरमा बदल्ने, एप नाम खाली छोड्ने र क्रोम जस्तो मोबाइल ब्राउजर भएको बहाना गर्ने डक्टर वेबले बताएको छ । 

रिपोर्ट प्रकाशित भएपछि गूगल प्ले स्टोरले मालवेयर भएका एपहरू हटाइसकेको छ । तर धेरैको मोबाइलमा अझै ती एपहरू रहेका छन् । यदी तपाईले पनि मालवयेर भएका एपहरू इन्स्टल गर्नुभएको छ भने तुरून्तै डिलिट गर्नुहोला । 

मालवेयर भएका एपहरू 

Eternal Maze 
Cowboy’s Frontier 
Enchanted Elixir 
Fire Fruits 
Jungle Jewels 
Super Skibydi Killer 
Agent Shooter 
Rubber Punch 3D 
Rainbow Stretch
Stellar Secrets 
GazEndow Economic 
FinancialFusion 
Financial Vault 
MoneyMentor
Love Emoji Messenger 
Beauty Wallpaper HD