कीवर्डहरू -

मनकामना केबलकार ५० दिन बन्द, डिजिटल सिस्टमलाई स्तरोन्नति गरिदै

मनकामना केबलकार ५० दिन बन्द, डिजिटल सिस्टमलाई स्तरोन्नति गरिदै

मनकामना केबलकार असार ३१ गतेदेखि अर्थात आजदेखि ५० दिन बन्द हुने भएको छ । केबलकारको डिजिटल सिस्टमलाई स्तरोन्नति गर्न केबलकार बन्द भएको हो । 

अहिले एनालग प्रविधिबाट चलिरहेको केबलकारलाई अब डि कनेक्ट प्रविधिमा रुपान्तरण गरिने मनकामना दर्शन प्रालिले जनाएको छ । 

डि कनेक्ट प्रणाली जडान भएपछि केबलकार डिजिटल प्रविधिबाट चल्नेछ भने मुख्य मोटर पनि एसी करेन्टबाट सञ्चालन हुनेछ । 

मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।

केबलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुराँ सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ।