नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जाल बन्द गरेर सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ ।
बिहीबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भएपनि क्रियाकलाप हेर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजे जस्तो देखिएको बताए ।
‘नियमन गर्नुपर्छ । तर सरकारका सम्पूर्ण क्रियाकलाप हेर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागेको छ,’ उनले भने, ‘यसबारेमा हामीले गम्भीरतापूर्वक अध्ययन गर्दैछौं । अध्ययन गरेर हाम्रो धारणा सार्वजनिक गर्छौँ ।’
अहिले प्रथम दृष्टिमै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतिर सरकार उद्धत भएको जस्तो लागेको उनको भनाइ छ ।