कीवर्डहरू -

मार्क जुकरबर्ग भन्छन्: डेढवर्ष भित्र मेटाको अधिकांश कोड एआईले लेख्ने छ

मार्क जुकरबर्ग भन्छन्: डेढवर्ष भित्र मेटाको अधिकांश कोड एआईले लेख्ने छ

मार्क जुकरबर्गले अबको डेढ वर्षभित्र मेटा कम्पनीको अधिकांश कोड एआई एजेन्टहरूले लेख्ने बताएका छन् ।

द्वारकेश पटेलसँगको पोडकास्टमा मेटाका सीईओ जुकरवर्गले अबको १२ देखिदेखि १८ महिनामा मेटाको अधिकांश कोड एआई एजेन्टले लेख्ने बताएका हुन् । 

‘हामीले अहिले केही कोडिङ एआई एजेन्टमा काम गरिरहेका छौं,’ उनले भने, ‘मलाई लाग्छ, अबको १२ देखि १८ महिनामा अधिकांश कोड एआई लेख्ने छ ।’ 

उनले अगाडि भनेका छन्, ‘म यस्तो खालको एआईको कुरा गर्दै छु, जसलाई तपाईंले एउटा उद्देश्य दिनुभयो भने, त्यसले आफैं परीक्षण गर्न सक्छ । समस्याहरू पहिचान गर्न र समाधान गर्न सक्छ । र त्यसले हाम्रो टिमका औसतभन्दा उत्कृष्ट इन्जिनियरले लेख्ने भन्दा अझ गुणस्तरीय कोड लेख्न सक्ने छ ।’

जुकरवर्गको भनाइलेर पनि पुष्टि गर्छ, अब एआई केवल सामान्य काममा मात्रै सिमित हुने छैन् । एआईले अब सृजनात्मक र विश्लेषणात्मक काम पनि गर्न सक्ने छ । 

Meta CEO, Mark Zuckerberg:

"within 12-18 months, most of the code is written by AI"

It won’t just be autocomplete.

AI agents will set goals, run tests, find problems, and write better code than top engineers. pic.twitter.com/2del08UA45

— Haider. (@slow_developer) April 29, 2025