कीवर्डहरू -

चितवनमा दिपल इभीको बिक्री वितरण सुरू, विभिन्न अफरसहितको टेस्ट ड्राइभ र एक्सचेन्ज

चितवनमा दिपल इभीको बिक्री वितरण सुरू, विभिन्न अफरसहितको टेस्ट ड्राइभ र एक्सचेन्ज

 नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनमा दिपल इभीहरुको बिक्री वितरण सुरु गरेको छ । बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७एल र दिपल ई०७ लाई सार्वजनिक गरेका हुन् ।

दिपल इभी सार्वजनिक गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले चांगान र अन्य ब्रान्डहरुले बिक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । त्यसैगरी, एमएडब्लु वृद्धि प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ वटा भन्दा दिपल विक्री भइसकेको र यसको डिजाइन तथा प्रविधिका कारण यो इभीप्रेमीको रोजाइमा परेको बताए ।

नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले बिहीबारबाट ३ दिनका लागि टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु गरेको छ । यो अवधिमा दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७, दिपलएस०७ एल र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्ने सुबिधा छ । टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले मात्र २० प्रतिशत डाउनपेमेन्टमा दिपल इभी खरिद गर्न सक्नेछन् ।

यसका साथै, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस साथै दिपलका इभी टेस्टड्राइभ गर्नेले दिपलको तर्फबाट उपहार पाउनेछन् ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाली बजारमा आठ सयभन्दा बढी बिक्री भइसकेको छ ।