डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा भव्य समारोहका बीच नेपालको सबैभन्दा उन्नत स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक रूपमा अनावरण गरेको छ ।
अनावरण समारोहमा एफएनसीसीआई इटहरीका अध्यक्ष जीवन पराजुली, सिर्जना मोटर्सका प्रबन्ध निर्देशक दीपेन्द्र चौधरी, पूर्वेली यातायातका अध्यक्ष सरोज श्रेष्ठ, एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्त, सेल्स प्रमुख राजेन्द्र सिग्देल, तथा डिलर प्रमुख गोविन्द भुसालले संयुक्त रूपमा नामी भिगोको आवरण खोल्दै शुभारम्भ गरेका थिए। कार्यक्रममा व्यवसायी, ग्राहक, सञ्चारकर्मी र स्थानीय उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
डोंगफेंगको अत्याधुनिक Quantum Architecture Platform मा निर्मित नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नेपालका मिड-साइज इलेक्ट्रिक एसयुभीको स्तरलाई नयाँ उचाइमा पुर्याटएको छ। यसका Magic Cube Design ले आधुनिक सौन्दर्य र एरोडाइनामिक स्ट्रक्चरलाई संयोजन गरी नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको छ।
नामी भिगोमा रहेको 99 kW मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेशन र स्मूथ ड्राइभ प्रदान गर्छ। यसमा दुईवटा ब्याट्री विकल्प उपलब्ध छन्: 44.94 kWh (WLTP रेन्ज 300 km) र 51.87 kWh (WLTP रेन्ज 350 km)। यसले 3C Ultra-Fast DC Charging (167 kW) सपोर्ट गर्दछ जसले ब्याट्रीलाई ३०% देखि ८०% सम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिन्छ जसले गर्दा केही मिनेटमै ११५ किमीसम्मको रेन्ज थपिदिन्छ।
सेग्मेन्ट-फर्स्ट फिचरहरू
- Heaven & Earth Tailgate – दुई भागमा खुल्ने टेलगेट, १५० किलोसम्म भार धान्न सक्षम
- बाहिरी मनोरञ्जनका लागि Exterior Music Speaker
- संगीतको ताल र मुडसँगै चल्ने Music-Sync Ambient Lighting
- व्यक्तिगत आरामका लागि मेमोरी र वेलकम सीटहरू
- 3C फास्ट चार्जिंग सिस्टम - झन्झटरहित फास्ट चार्जिङ
श्रेणीमै उत्कृष्ट प्रविधि र सुरक्षा
नामी भिगोमा Level 2 ADAS, 360° क्यामेरा, Adaptive Cruise Control, वायरलेस चार्जिंग र मल्टी-मोड स्टेयारिंग उपलब्ध छ।
भित्री भागमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो-प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता सुविधाले प्रिमियम अनुभव प्रदान गर्छन्।
सुरक्षाका लागि कठोर परीक्षण गरिएको जिरो फायर/एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम, ६८.४% हाइ-स्ट्रेन्थ स्टिल बडी र ६ ओटा एअरब्यागहरूको संयोजन गरिएको छ ।
मूल्य र उपलब्धता
नामी भिगो E2 को मूल्य रु. ३८,९९,००० निर्धारण गरिएको छ भने E2+ भेरियन्ट रु. ४१,९९,००० मा उपलब्ध छ। विशेष प्रारम्भिक अफरअन्तर्गत, भिगो E2 रु. ३७,९९,००० मा र E2+ रु. ४०,९९,००० मा प्राप्त गर्न सकिन्छ।
आईसीटी समाचार