नेपालका एक मात्र डलर अर्बपति तथा सांसद विनोद चौधरी र माइक्रोसफ्टका संस्थापक बिल गेट्सबीच भेटघाट भएको छ ।
सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स-२०२५ (पीएए-२०२५) को अवसरमा चौधरी र गेट्सबीच भेट भएको हो ।
उक्त भेटघाटमा नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रहरूले सामना गरिरहेका महत्वपूर्ण चुनौतीहरूमा गहिरो र अर्थपूर्ण कुराकानी भएको विनोद चौधरीले जानकारी दिएका छन् ।
सन् २०१५ को भूकम्पदेखि कोभिड १९ महामारी र पोषण कार्यसम्मको दशक लामो साझेदारीको लागि गेट्सप्रति आभार प्रकट गरेका छन् ।
बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका विश्वव्यापी स्वास्थ्य पहलहरू नेपालमा ल्याएर सहकार्य विस्तार गर्न उत्साहित भएको चौधरीको भनाइ छ ।