कीवर्डहरू -

एनसीएचएल र नेप्सबीच मर्जरको सम्झौता

एनसीएचएल र नेप्सबीच मर्जरको सम्झौता

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल )  र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) बीच मर्जरको सम्झौता भएको छ ।

एनसीएचएल  १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित औपचारिक कार्यक्रममा एनसीएचएल र नेप्स बीच गाभ्ने/प्राप्ति सम्बन्धि प्रारम्भिक साझेदारी भएको हो ।

एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सका मर्जर समितिका संयोजक संजीव कुमार श्रेष्ठ बीच उक्त समझदारीपत्र आदानप्रदान गरिएको छ । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर डा.निलम ढुंगाना तिमसिना, नेपाल राष्ट्र बैंकका उच्च पदाधीकारीहरु, नेपाल बैंकर्स संघ, डेभलप्मेन्ट बैंकर्स संघका अध्यक्ष र नेपाल वित्तीय संस्था संघका फस्ट उपाध्यक्ष लगायत बैंक वित्तीय संस्थाका प्रमुखज्यूहरु समेतको उपस्थिति रहेको थियो ।