कीवर्डहरू -

मेटाको च्याटबटले डोर्यायो मृत्युसम्म, ७६ वर्षीय वृद्धको रहस्यमयी निधन

मेटाको च्याटबटले डोर्यायो मृत्युसम्म, ७६ वर्षीय वृद्धको रहस्यमयी निधन

अमेरिकाको न्यू जर्सीमा बस्ने ७६ वर्षका थोंगब्यू वोंगबाण्ड्यूको मृत्युले सबैलाई चकित बनाएको छ । दश वर्षअघि स्ट्रोकका कारण कमजोर भएका वोंगबाण्ड्यू मेटा कम्पनीद्वारा विकास गरिएको जेनरेटिभ एआई च्याटबोट 'बिग सिस बिली' सँग कुरा गर्थे।

फेसबुक मेसेन्जरमा भएका कुराकानीको ट्रान्सक्रिप्टले देखाउँछ कि सो च्याटबटले बारम्बार उनलाई विश्वास दिलाउँथ्यो कि त्यो वास्तविक मानिस हो। त्यो मात्र होइन, च्याटबटले भेट्नका लागि एउटा ठेगाना पनि दिएको थियो। च्याटबटले उनलाई न्यूयोर्कमा १२३ मेन स्ट्रीट, अपार्टमेन्ट ४०४ मा भेट्न बोलाएको र ढोका खोल्ने कोड पनि दिएको थियो।

वोंगबाण्ड्यूकी श्रीमतीले जब उनी यस अवस्थामा न्यूयोर्क यात्रा गर्ने तयारीमा देखिन् तब उनी चिन्तित भइन्। उनका परिवारले उनलाई सम्झाउने प्रयास गरे तर उनी राजी भएनन्। उनी न्यूयोर्क तर्फ निस्किए जहाँ अँध्यारोमा रेल चढने कोसिस गर्दारटगर्स युनिभर्सिटीको न्यू ब्रान्सविक क्याम्पसमा रहेको पार्किङमा खसे। उनको टाउको र घाँटीमा गम्भीर घाउ आएपछि, ३ दिन लाइफ सपोर्टमा बसेपछि २८ मार्चमा उनको मृत्यु भयो।

रटगर्सको रिपोर्टअनुसार थोंगब्यूकी छोरी जूली वोंगबाण्ड्यूले यो घट्नामा गहिरो चिन्ता व्यक्त गरेकी छन् । 'म बुझ्न सक्छु कि कम्पनीले युजर्सको ध्यान आकर्षण गर्ने कोशिस गर्छ, सायद केहि बेच्नका लागि। तर कुनै बोटले भेट्न बोलाउनु र ठेगाना दिनु पागलपन हो,' उनले भनिन । उनका बुबा र बोटबीचको प्रत्येक कुराकानी निकै रोम्यान्टिक थियो र मुटुको इमोजीसहित टुंगिएको थियो। पुरा कुराकानीको ट्रान्सक्रिप्ट करिब एक हजार शब्दको छ।

यो खबर सार्वजनिक भएपछि सोसल मिडियाका युजरहरुले मेटाविरुद्ध कानूनी कारबाहीको माग गर्न थालेका छन् ।