नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतिक्षित एमजी एस ५ इभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ । नेपालमा बहुप्रतिक्षित एमजी एस ५ इभी आधिकारिक रूपमा शुक्रबार सार्वजनिक भएको हो ।
एमजी जेडएस इभीको उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ इभी अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि उत्कृष्ट विशेषताहरूको साथ बजारमा आएको छ ।
एमजी एस ५ इभी नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन् । दुवै भेरियन्टमा ४९ किलोवाट प्रति घण्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले अधिकतम २५० न्युटन मिटर टर्क उत्पन्न गर्न सक्दछ ।
डिलक्स भेरियन्ट लामो दूरी तय गर्न सक्ने विशेष क्षमतासहित प्रस्तुत गरिएको छ, जसले उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प प्रदान गर्छ । ४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर भएको आरामदायी र डिलक्स भेरियन्ट भएको एमजी एस ५ इभीको सुरुवाती मूल्य क्रमशः ४३.९९ लाख र ४९.९९ लाख रहेको छ भने ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ ईभीको मूल्य ५४.९९ लाख रहेको छ ।
जेड फो इभी प्लेटफर्ममा निर्मित एमजी एस ५ इभिले सेग्मेन्टमै अग्रणी नवीनता प्रस्तुत गर्छ । यसमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको छ, जसले सन्तुलित गुरुत्वाकर्षण केन्द्र सुनिश्चित गर्दै स्थिरता र कार्यक्षमतामा सुधार ल्याउने कम्पनी दावी छ ।
यी विशेषताहरूले एमजी एस ५ इभि लाई मूल्य अनुसारको उत्कृष्ट विद्युतीय एसयुभि बनाएको छ । सार्वजनिक कार्यक्रममा बोल्दै, एमजी मोटर्स नेपालका प्रतिनिधि जेनेरल म्यानेजर सुनिल बहादुर छेत्रीले एमजी एस ५ इभी नवीनता, सुरक्षामा सुधार, र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने बताएका छन् ।