कीवर्डहरू -

माइक्रोसफ्टले इन-हाउस एआई मोडेल विकास गर्दै, ओपनएआईमा निर्भरता घटाउने तयारी

माइक्रोसफ्टले इन-हाउस एआई मोडेल विकास गर्दै, ओपनएआईमा निर्भरता घटाउने तयारी

माइक्रोसफ्ट आफ्नै इन–हाउस आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरू तयार गर्दैछ । कम्पनीले ओपनएआईलाई टक्कर दिन र यी मोडेलहरू विकासकर्ताहरुलाई बेच्ने योजना बनाइरहेको छ ।

माइक्रोसफ्टले एआई कम्पनी ओपन एआईमा लगानी गरेको छ ।  माइक्रोसफ्ट ओपनएआईमा आफ्नो निर्भरता कम गर्ने प्रयास गरिरहेको छ, जबकि ओपनएआईसँगको सुरुवाती साझेदारीले कम्पनीलाई एआई प्रतिस्पर्धामा अग्रणी स्थान दिएको थियो ।

डिसेम्बरमा आएको एक रिपोर्टअनुसार, माइक्रोसफ्ट आफ्ना प्रमुख उत्पादन माईक्रोसफ्ट ३६५ कोपाईलटका लागि आन्तरिक र तृतीय–पक्ष एआई मोडेलहरू समावेश गर्ने योजना बनाइरहेको छ, जसले ओपन एआईको प्रविधिमा निर्भरता घटाउने र लागत बचत गर्ने लक्ष्य राखेको छ । जब माइक्रोसफ्टले ३६५ कोपाईलट सन् २०२३ मा सार्वजनिक गरेको थियो, त्यसको मुख्य विशेषता ओपनएआईको जीपीटी–४ मोडेलमा आधारित हुनु थियो ।

माइक्रोसफ्टको एआई विभागलाई मुस्तफा सुलेमानले नेतृत्व गरिरहेका छन् । विभागले एमएआई नामक मोडेलहरूको एक श्रृंखला प्रशिक्षण सम्पन्न गरिसकेको छ । यी मोडेलहरूले ओपनएआई र एन्थ्रोपिकका अग्रणी मोडेलहरूजस्तै प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।

माइक्रोसफ्टको टोली चेन–अफ–थट प्रविधि प्रयोग गर्ने तर्क गर्ने मोडेलहरू पनि विकास गरिरहेको छ । यो प्रविधिले उत्तर उत्पन्न गर्नका लागि मध्यवर्ती (इन्टरमिडिएट) तर्क प्रक्रियाहरूको उपयोग गर्छ, जसले जटिल समस्याहरू समाधान गर्न मद्दत गर्छ ।